नेपालमा एकै दिन थपिए ९७९ जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा थप ९७९ जना थपिएसँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको जानकारी दिए।

Advertisement

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ थियो।

पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

More News last news
Loading...