काठमाडौँ । सरकारले हरेक वर्ष जस्तै यस वर्षको निजामती सेवा दिवसका दिन ४० जना कर्मचारीलाई पुरस्कारका लागि छनोट गरेको छ।
समितिले एक लाख रुपैयाँ राशिको उत्कृष्ट कर्मचारी १० जना छनोट गरेको छ भने ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार पाउने ३० जनाको नाम टुङ्गो लगाएको छ।
भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी
मुख्य सचिवको नेतृत्वमा बनेको समितिले दुई लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट पुरस्कारको लागि कुनै पनि कर्मचारीको नाम सिफारिस गरेको छैन।
उक्त पुरस्कारका लागि कोहीपनि कर्मचारी छनोटमा नपरेसँगै निजामती कर्मचारी दिवसका अवसरमा यसपालि पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसैले नपाउने भएका हुन्।
कुनै पनि निजामती कर्मचारीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नपाएको यो लगातार चौँथो वर्ष हो।
यस्तो छ पुरस्कार पाउने कर्मचारीको विवरण
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
