स्वाथ्यमन्त्रीकै परिवारमा कोरोना संक्रमण पुष्टि, मन्‍त्री क्वारेन्टिनमा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल होम क्वारेन्टिन बसेका छन्।

तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल होम क्वारेन्टिन बसेको स्रोले जानकारी दिएको छ।

Advertisement

मन्त्री ढकाललाई कोरोना संक्रमण पुष्टि भने भएको छैन्। तर परिवारका सदस्यमा कोरोना संक्रमण देखिएपछि सावधानीका लागि होम क्वारेन्टिनमा बसेको उनले बताएका छन्।

उनले अहिले मन्त्रालयको काम क्वारेन्टिनबाटै हेरिरहेको स्रोतले जनाएको छ।

More News last news
Loading...