काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङ महिला ३४९ र पुरुष ६९२ गरी कूल १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या ४५ हजार २७७ पुगेको छ। यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ। संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
