बुटवल । कोरोना संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
नवलपरासी प्रतापपुर गाउँपालिका-२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे र बुटवल-११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहे पनि दीर्घ रोग नरहेको डा गौतमले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
