काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १३ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा थप १३ सय ५९ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन्।
२४ घण्टाको अध्यावधिक विवरण अनुसार बिहीबार १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
२४ घण्टामा डिस्चार्ज १३ सय ५४ भएको निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो ५८ प्रतिशत हो ।
पीसीआर परीक्षण १३ हजार ६ सय ८० रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
