नेपालमा कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १४ जनाको मृत्यु भएको छ।

मृतकमा ४ महिला र १० जना पुरुष रहेका रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।।

पछिल्लो २४ घण्टामा १,३५४ जना निको भएका छन्। हालसम्म कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ।

More News last news
Loading...