बागलुङ बाढी: सांसद् डिला संग्रौला स्तब्ध, उद्धार र सहयोगमा जुटन अपिल

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा सांसद् डा डिला संग्रौलाले बागलुङ, ढोरपाटनस्थित सुकुर्दुङ खोलामा बाढी आउँदा १९ जनाको निधन र २२ जना बेपत्ता भएको घटनाले निकै मर्माहित बताएको बताएकी छिन्।

साथै उनले प्राकृतिक विपद्को यस घडीमा ढोरपाटनवासीलाई आवश्यक राहत तथा व्यवस्थापन गराउन तथा उद्धारमा जुटन पनि सबैलाई आह्वान गरेकी छिन्।

Advertisement

सामाजिक सञ्जाल फेसबुक मार्फत डा संग्रौलाले लेखेकी छिन्, सुकुर्दुङ खोलामा बाढी आउँदा १९ जनाको निधन भएको तथा २२ जना बेपत्ता भएको हृदयविदारक समाचारले सम्पूर्ण नेपालीहरु मर्माहत बन्न पुगेका छन्। प्राकृतिक विपद्को यस घडीमा स्थानीय, प्रदेश र संघीय सरकारका तर्फबाट आवश्यक राहत र व्यस्थापन गरी धनजनको अपूरणीय क्षतिलाई मनन गर्दै राजनीतिक दल, सुरक्षाकर्मी, सामाजिक अभियन्ता सबैबाट पहलकदमी गर्दै उद्धार सहयोगमा जुटौं ।

यस वर्ष बाढी पहिरोका कारण जनधनको क्षतिका घटनाहरु निकै बढी भएको बताउँदै उनले प्रकृति मैत्री, दीगो विकासका बारे व्यापक बहस चलाउन अपिल गर्ने पनि उल्लेख गरेकी छिन्।

More News last news
Loading...