काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संखया २५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका ४ महिला रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देहीका २ पुरुष रहेका छन् ।
यस्तै देशभर बिहीबार महिला ३९४ र पुरुष ८३४ गरी १ हजार २२८ जना संक्रमित थपिएका छन् । योसँगै हालसम्मको कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको गौतमले जानकारी दिए। यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
