काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार २२८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३९४ महिला र ८३४ पुरुष गरी कूल १ हजार २२८ जना कोरोना संक्रमित थपिएका छन्। यो संख्या नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन्।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन्। आज १३ हजार ४१३ जनाको पीसीआर भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
