काठमाडौँ । वर्षायाममा मकै खान धेरैलाई कम पर्ने गर्दछ। वर्षायाममा कागती र मसलासँग मकै खानुको मज्जानै छुट्टै हुने गर्दछ।
स्वादमा मात्र हैन स्वास्थ्यका लागि पनि मकै निकै फाइदाजनक मानिने गरिन्छ। तर मकै खाने वित्तिकै पानी पिउँदा स्वास्थ्यलाई फाइदा हैन हानी पुग्ने गर्दछ। आज हामी तपाईलाई मकै खाने वित्तिकै किन पानी पिउनु हुँदैन् भन्ने बारे जानकारी दिदैछौँ।
१) मकै खाएपछि पेट दुख्ने र फुल्ने समस्या हुन्छ भन्ने धेरैले सुनाउने गर्दछन्। यस्तो समस्या यसकारण हुने गर्दछ, प्राय मानिस् मकै खाने वित्तिकै पानी पिउने गर्दछन्। जसको सिधा असर हाम्रो पाचन क्रियामा पर्ने गर्दछ र पेट दुख्ने तथा फुल्ने समस्या हुने गर्दछ।
२) मकै खान वित्तिकै पानी पिउदा मकैमा भएको कार्बोस र स्टार्च पानीमा मिसिने गर्दछ र त्यसको असर पेटमा परेर ग्यास भरिने समस्या हुने गर्दछ। जस कारण कयौँ व्यक्तिलाई एसीडीटी, पेट फुल्ने तथा अन्य पेट सम्बन्धी समस्याबाट ग्रसित हुने गर्दछन्।
३) मकै खाएको ४५ मिनेटसम्म पानी नपिउनुहोस्। त्यस बारेक मनसुनको समयमा हाम्रो पाचन शकित कमजोर हुने गर्दछ। जसकारण हाम्रो शरीरमा चाडै मौसमी बिरामी र इन्फेक्सनको समस्या हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
