नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

Advertisement

उनका अनुसार आज काठमाडौँ उपत्यकामा थप ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन्।

यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ। यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् ।

यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २९० पुगेको छ।

More News last news
Loading...