काठमाडौँ उपत्यकामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

Advertisement

यससहित आज देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए। यस्तै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ।

More News last news
Loading...