पूर्वराजदूत रिचर्डको शव चार महिनापछि भेटियो

काठमाडौँ । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव चार महिनापछि फेला परेको छ। आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए।

ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा सोमबार शव फेला पारेको हो।

Advertisement

मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बीबीसीले जनाएको छ।

यसअघि इष्ट ह्याम्पसायर प्रहरी कार्यलयले तीन पटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो।

अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ, जुन तस्वीर नेपालमा खिचिएको थियो।

रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए।

यहाँको परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो।

बेपत्ता हुनुअघि उनी फिजीमा बेलायती उच्चायुक्त नियुक्त भएका थिए। उनका तीन सन्तान र एक श्रीमती छन् ।

More News last news
Loading...