काठमाडौँ । सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी साधन सञ्चालन सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि भदौ १६ गतेदेखि यस्ता सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको भएपनि कोरोनाका कारण जोखिम कायमै रहेकाले त्यसलाई असोज १ गते सारिएको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।
डा खतिवडाले आन्तरिक हवाई उडान पनि असोज १ गतेदेखि नै खुला गर्ने निर्णय सरकारले गरेको जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
