नेपालमा आज थप ८ सय ९९ जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ।

Advertisement

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ।

More News last news
Loading...