नेपालमा लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म नखुल्ने

काठमाडौँ । सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए।

Advertisement

यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो।

यस्तै सरकारले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भदौ १५ सम्मका निषेध गरिएकाअन्य विषयलाई पनि मसान्तसम्म लम्बाउने निर्णय गरेको छ।

गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गरेपनि केही क्षेत्र अझै खुलाइएको छैन।

More News last news
Loading...