काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएका छ । जसमा काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन्।
त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
