काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड-१९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।
प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना संक्रमित भएको जानकारी दिए। २४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको उनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
