दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका २ चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि अस्पताल सिल गरिएको छ।
अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ।
प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको छ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड-१९ फोकल पर्सन विमल केसीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
