काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार न्यू ह्याम्पशायरमा समर्थकहरुलाई सम्बोधन गर्दै कमला ह्यारिस उपराष्ट्रपति बन्न योग्य नरहेको बताएका छन्।
उनले आफ्नो छोरी तथा सल्लाहकार इवाङ्का ट्रम्प अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नुपर्ने जिकिर पनि गरे । उनले भने, ‘डेमोक्रेटिक पार्टीमात्र अमेरिकी जनतालाई सपना देखाउन जान्दछ जुन कहिले पनि पुरा हुनसक्दैन ।’
ट्रम्पले कमला ह्यारिसको योग्यतामा सीधा प्रश्न उठाए । उनले भने, ‘उनी त राष्ट्रपति बन्ने दौडमा सामेल थिइन् । तर, अब उपराष्ट्रपति बन्न खोज्दै छिन् ।
मलाई लाग्छ मेरी छोरी तथा सल्लाहकार यस पदका लागि अझै उपयुक्त उम्मेदवार हुन् । म त यो भन्छु कि इवाङ्का नै अमेरिकाको पहिलो महिला राष्ट्रपति बनुन् । यो भूमिकाका लागि सबैभन्दा उपयुक्त उम्मेदवार हुन् । अहिले त मानिसहरुले पनि इवाङ्कालाई महत्त्वपूर्ण पदमा हेर्न चाहन्छन् ।’
न्यू ह्याम्पशायरको र्यालीमा ट्रम्पले चुनाव जित्नेमा विश्वास प्रकट गरे । उनले भने, ‘म वाचा गर्छु, यही हामीले यो चुनाव जित्यौँ भने अमेरिकालाई पहिलेभन्दा धेरै सुरक्षित र मजबुत बनाउने छौँ ।
हाम्रो नीतिमाथि प्रश्न उठाउनेहरुले शायद यो कुरालाई बुझ्न नै सकेनन् । अरुलाई खुसी गर्न अमेरिकाले आफनो हितलाई पछि छाड्न सक्दैन । हामीले पहिले पनि हाम्रो देशलाई सशक्तरुपमा अघि बढाएका थियौँ, अगाडि पनि बढाउने छौँ । अमेरिका झुक्नका लागि तयार छैन ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
