नेपालमा आज एकै दिन थपिए ८ सय ८४ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६ सय ४२ जना पुरुष गरी जम्मा ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै हालसम्म संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको जानकारी दिए।

More News last news
Loading...