पोखरा । आजदेखि भदौ २० गतेसम्म कास्की जिल्लाभर लागू गरिएको निषेधाज्ञा नलम्बिने भएको छ ।
तर कास्की प्रशासनले सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू गरेको छ ।
पोखरा महानगरपालिकाको आग्रहमा जिल्ला प्रशासनले भदौ ३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो ।
पहिलोपटक ७ गतेसम्मलाई लागु भएको निषेधाज्ञा १२ गतेसम्मलाई थपिएको थियो। निषेधाज्ञा सकिने दिन प्रशासनले अर्को आदेश जारी गरेको हो।
यात्रुबाहक सार्वजनिक सवारी साधनहरु (बस, माइक्रोबस) सञ्चालन नगर्न प्रशासनले आदेश गरेको छ।
ट्याक्सी र निजी गाडी भने जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मात्रै चलाउन भनेको छ।
ती साधनहरु बिहान ६:०० बजे देखि साँझ ८:०० बजेसम्म सञ्चालन गर्न सकिने पनि प्रशासनले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
