काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिनप्रतिदिन झन् बढ्दै गएको छ। २४ घण्टामा थपिएका यी संक्रमित विश्वकै सबैभन्दा धेरै हुन्।
पछिल्लो २४ घण्टामा अमेरिकामा ४९ हजार ६०१ र ब्राजिलमा ४८ हजार ११२ जना संक्रमित थपिएका छन्। शुक्रबार भारतमा ७६ हजार ६६५ जना कोरोना संक्रमित थपिएका छन् भने १ हजार १९ जना संक्रमितको ज्यान गएको छ।
यो सँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या ३४ लाख ६१ हजार २४० पुगेको छ भने ज्यान गुमाउनेको संख्या ६२ हजार ७१३ पुगेको छ।
यस्तै, भारतमा २६ लाख ४७ हजार ५३८ संक्रमित निको भएर घर फर्किसकेका छन् भने ७ लाख ५० हजार ९८९ जनाको उपचार जारी छ। संक्रमित मध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
