नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप ८ जनाको मृत्यु भएको छ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको जानकारी दिए।

Advertisement

जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौँ, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ संक्रमित थपिएका छन् । यो सँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको छ।

More News last news
Loading...