नेपालमा एकै दिन थपिए १ हजार १११ जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार १ सय ११ कोरोना संक्रमित थपिएका छन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको छ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ।

त्यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ। जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन्।

More News last news
Loading...