पोखरामा उपचाररत कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा कोरोनाको उपचार गराइरहेकी एक महिलाको ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रको आइसियुमा उपचाररत पोखरा महानगरपालिका–११ की ३२ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानले पुष्टि गरेको छ।

Advertisement

प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै गत भदौ ७ गते कोरोना पोजेटिभ भइ अस्पतालको आइसियुमा उपचार गराइरहेकी महिलाको भदौ ११ गते बिहान ८ बजे मृत्यु भएको जनाएको हो।

यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमित भइ उपचारका क्रममा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

More News last news
Loading...