बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जना संक्रमितको ज्यान भएको छ।
कपिलवस्तु नगरपालिका-१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति ज्यान गएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।
भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
