काठमाडौँ । लोक गायक पुरुषोत्तम पौडेलको मर्मस्पर्शी गीत ‘ओइ कान्छु म परदेश जान्छु’ सार्वजनिक भएको छ ।
पौडेलको साथमा शान्ती श्री परियारको पनि स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको यस गीतको लय सिर्जना खेम सेन्चुरीले गरेका हुन् ।
पौडेलले हालै भिडियो सार्वजनिक गर्दै यो गीत नेपाली युवाहरुको वास्तविकता र नेपाली समाजको नियति भएको प्रतिक्रिया दिएका छन् । साथै गीत सफल हुने अपेक्षा राखेका छन् ।
गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र खेम सेन्चुरीको जीवन्त अभिनय छ। जहाँ उनीहरु विवाहित जोडीको रुपमा ग्रामिण भेगमा दैनिक गुजाराका लागि संघर्ष गरिरहेका हुन्छन्। जीवन कठिन बन्दै गएपछि खेम विदेश जान चाहन्छन् तर अन्जलीले इन्कार गर्दैआएकी हुन्छिन्।
परिवार पाल्नका लागि विदेश जान चाहने श्रीमान र श्रीमानलाई छोड्न नचाहने श्रीमतीबीचको संवाद गीतमा छ । म्युजिक भिडियोको छायांकन करन चैसिरले गरेका हुन् भने शिव पौडेलले सम्पादन गरेका छन्। यस्तै कपिल लामाको निर्देशनमा बनेको उक्त भिडियो उमंग म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
