नेपालमा आज एकै दिन थप ८५५ जना कोरोना संक्रमित फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८५५ जना कोरोना संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म नेपालमा कोरोना निको हुनेको संख्या १९ हजार ११९ पुगेको छ।

More News last news
Loading...