सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही र आशा लामाबीच दोहोरी, तथ्यसहित बोल्न चुनौती (भिडियो)

काठमाडौँ । झण्डा जलाएको विषयलाई लिएर सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले प्रयोग गरेका शब्दप्रति महिला समाजसेवी आशा लामाले आपत्ति जनाएकी छिन्।

वैदेशिक रोजगार व्यवसायी समेत रहेकी लामाले छोराले झण्डा जलाएर गल्ती गर्यो भन्दैमा उनीहरुका बाबु आमालाई तथानाम गाली गर्न नमिल्ने भन्दै विचार पुर्याएर बोल्न चेतावनी दिएकी छिन्।

Advertisement

सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत लामाले भनेकी छिन्, ‘झण्डा जलाउनु गल्ती हो तर, उनीहरुले किन झण्डा जलाए भन्ने बारे कसैले ध्यान दिएको छ ? उनीहरुको गल्तीलाई कानुनले सजाय दिला तर उनीहरुले गरेको गल्तीका कारण उनीहरुका बाबु आमालाई गाली गर्नु कहाँसम्मको न्याय हो ?’

तथानाम गाली गरेर लगाएका आरोपलाई तथ्यगत रुपमा पुष्टि गर्न पनि लामाले ज्ञानेन्द्रलाई खुल्ला चेतावनी दिएकी छिन्। उनले विचार नपुर्याएर जथाभावी बोल्ने सामाजिक अभियान्ता नेपाललाई नचाहिएको पनि उल्लेख गरेकी छिन्।

सामाजिक अभियान्ता शाहीले फेसबुक लाइफ मार्फत झण्डा जलाउने व्यक्तिलाई कस्ता बाबु आमाले जन्म दिएका हुन् र यिनीहरुलाई यो देशमा बस्ने कुनै अधिकार छैन भन्ने अभिव्यक्ति दिएका थिए। उनको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा तिब्र विरोध भएपछि उनले माफी पनि मागेका छन्।

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...