काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण सोमबार राजधानीको पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ।
काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ।
काठमाडौँका पुरुष भदौ ६ गतेदेखिअस्पतालमा उपचाररत थिए।
त्यस्तै धनुषाका पुरुष भने साउन २५ गतेदेखि उपचाररत थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
