काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकमा ३ जना महिला र ५ जना पुरुष रहेका छन्। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले रुपन्देहीमा ४ जनासहित ८ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिए।
उनका अनुसार रुपन्देहीमा ३८, ५३ र ५४ वर्षीय पुरुष र ६७ वर्षिया महिलाको मृत्यु भएको हो।
यस्तै सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ पुरुष, पर्सामा ७० वर्षिया महिला र काठमाडौँका ४८ वर्षीय महिलाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ।
आज ७ सय भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
