काठमाडौँ । नेपाली काँग्रेसका तरुण विभाग प्रमूख शंकर भण्डारीले पछिल्लो समय देशमा सनातन हिन्दू धर्ममाथि निरन्तर प्रहार हुँदै गएको बताएका छन् ।
पूर्व मन्त्री समेत रहेका नेता भण्डारीले संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि सुनियोजित रुपमा हिन्दू धर्मलाई कमजोर बनाउने, विभिन्न टिकडम बाजी गरी धर्म परिवर्तन गर्न लगाउने कार्य दिन प्रतिदिन बढ्दै गएको बताएका हुन्।
भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “केही दिन अघि मात्रै रौतहटका हनुमान मन्दिरका पुजारी रामशाहलाई गोली हानी निर्मम हत्या गरिएको छ । यो नेपाली सनातन हिन्दू धर्ममाथि गरिएको गम्भिर प्रहार हो। संविधानले धर्म निरपेक्षता व्यवस्था गरेपछि सुनियोजित रुपमा हिन्दू धर्मलाई कमजोर बनाउने खेल सुरु भएको छ।”
‘गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै जन्मदिनमा देशको नक्सा अंकित केक काटेर नेपाल र नेपालीको राष्ट्रभक्तिको भावमा गम्भिर प्रहार गरे । जसको जति भत्र्सना गरेपनि अपर्याप्त नै हुन्छ। सामान्य व्यक्ति भएको भए मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ बमोजिम कारवाही हुन सक्थ्यो।’
नेता भण्डारीले, प्रधानमन्त्रीको उक्त गैरजिम्मेवार कदमको पुनरावृत्ति हुने गरी गएको साता राष्ट्रिय घृणा फैलाउने गरी राष्ट्रिय झण्डा जलाउँदै गरेका दृष्यसहितका देशद्रोही शीर्षकको गीत भिडियो पनि सार्वजनिक भए । राष्ट्र र राष्ट्रियताको दृष्टिबाट त्यो आपराधिक घटना हो।
भण्डारीले सरकारले जिम्मेवार रुपमा जनताको जीवन रक्षा, राष्ट्रियताको सम्वद्र्धन तथा सनातन धर्मको रक्षा गर्दै अपराधिक क्रियाकलापमा लाग्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउन पनि माग गरेका छन्।
नेता भण्डारीको प्रेस विज्ञप्ति
कोभिड–१९ को कारण मुलुक अहिले गम्भिर स्वास्थ्य तथा आर्थिक संकटमा छ । सरकारका क्रियाकलापहरु जनहित विपरित फगत राजनीतिक लाभ हानीको दाउपेचमा अल्झिएको छ ।जनताको जीवन रक्षाको न्यूनतम जिम्मेवारीबाट सरकार पूर्णत वञ्चित देखिन्छ ।
विभिन्न बाहनामा निदाउँदै आएको सरकार देशमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार र नेपालको राष्ट्रियता तथा सनातन धर्ममाथिको अतिक्रमण बढ्दै गएका घटनाहरुप्रति पूर्णत बेखबर जस्तै छ । गत फागुनमा प्रधानमन्त्रीके.पी.शर्मा ओलीको जन्मदिनमा देशको नक्सा अंकित केक काटेर नेपाल र नेपालीको राष्ट्रभक्तिको भावमा गम्भिर प्रहार गरिएको थियो।
जसको जति भत्र्सना गरेपनि अपर्याप्त नै हुन्छ । सामान्य व्यक्तिले गरे वा गराएकोे भए मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ बमोजिम कारवाही हुन सक्थ्यो । प्रधानमन्त्रीको उक्त गैरजिम्मेवार कदमको पुनरावृत्ति हुने गरी गएको साता राष्ट्रिय घृणा फैलाउने गरी राष्ट्रिय झण्डा जलाउँदै गरेका दृष्य सहितका देशद्रोही शीर्षकको गीत/भिडियो सार्वजनिक भए । राष्ट्र र राष्ट्रियताको दृष्टिबाट त्यो आपराधिक घटना हो ।
संविधानले धर्म निरपेक्षताको व्यवस्था गरेपछि सुनियोजित रुपमा हिन्दु धर्मलाई कमजोर बनाउने, विभिन्न टिकडम बाजी गरी धर्म परिवर्तन गर्न लगाउने कार्य दिन प्रतिदिन बढ्दै गएको छ । गएको ३ गते खानाखादै गरेको अवस्थामा रौतहटका हनुमान मन्दिरका पुजारी राम साहलाई गोली हानी निर्मम हत्या गरिएको छ ।
यो नेपाली सनातन हिन्दु धर्ममाथि गरिएको गम्भिर प्रहार हो । यो घटना हिन्दु सनातन धर्मलाई कमजोर बनाउने मनसायबाट प्रेरित देखिन्छ । यस घटनाको गम्भिरतालाई सरकारले महसुस गर्न नसकी हल्का रुपमालिएको छ । राष्ट्रियता माथि हुदै गरेको निरन्तर प्रहार, हिन्दु सनातन धर्म माथि हुँदै आएका आक्रमणहरुलाई रोक्नेतर्फ सरकारको कुनै चासो देखिदैन ।
देशमाशान्ति सुरक्षाको स्थिति अत्यन्त कमजोर बनेको छ । अपराधिक मानसिकताका मानिसहरुको मनोबल बढ्दै गएको देखिन्छ । सरकारले जिम्मेवार रुपमा जनताको जीवन रक्षा, राष्ट्रियताको सम्वद्र्धन तथा सनातन धर्मको रक्षागर्दै अपराधिक क्रियाकलापमा लाग्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउन माग गर्दछु ।
शंकर भण्डारी
केन्द्रीय सदस्यएवं संयोजक तरुण विभाग
नेपाली कांग्रेस
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
