नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले पदबाट राजीनामा दिने भएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले पार्टीभित्रको नेतृत्वको विवाद समाधानका लागि पदबाट राजीनामा दिन लागेकी हुन।
लामो समयदेखि काँग्रेसमा पूर्णकालिन अध्यक्षको माग उठिरहेको छ। भोलि कांग्रेस कार्य समितिको बैठक बोलाइएको छ। भोलि बस्ने बैठकमा उनले अध्यक्षबाट राजीनामा दिने बताइएको छ।
यसका लागि उनले पार्टीका नेताहरुलाई नयाँ अध्यक्ष छान्न आग्रह गरिसकेकी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
