नेपालमा आज एकै दिन थपिए ८१८ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा १६६सहित देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा थप २८१ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या १८ हजार ६३१ पुगेको छ।

हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन्।

यस्तै पछिल्लो विवरणअनुसार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सँगै मृतकको कुल संख्या १४९ पुगेको छ।

More News last news
Loading...