काठमाडौँ। चर्चित लोकगायक पशुपति शर्माको एकल गीत ‘दुविधा’ पीरैपीरमा छु सार्बजनिक गरेका छन्।
गायक शर्माले आफ्नै लय, शब्द र संगीतमा लामो समयपछि एकल भाका सार्बजनिक गरेका हुन् । माया गरेको जोडीलाई घर, परिवारले साथ ननिदा भोग्नुपरेको पीडालाई गीतमा उतार्न खोजिएको छ। शर्माले हिन्दु नारीहरुको महान पर्वकै दिनमा आफ्नो नयाँ गीत सार्बजनिक गरेका हुन्।
गीतको म्युजिक भिडियोमा स्वयंम शर्मा सँगै सारिका केसी, सुरबीर पण्डित र किशोर भण्डारीले अभिनय गरेका छन्। पछिल्लो समय गीत संगीतको सिर्जना सँगै मोडलिङमा पनि हात हालेका शर्मा यस गीतमा निकै भावुक रुपमा प्रस्तुत भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
