नेपालमा भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खुला हुने

काठमाडौँ । सरकारले भदौँ १६ (सेप्टेम्बर १) देखि अर्न्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार, आरटी–पीसीआर परिक्षण सहज भएका मुलुक तथा सहरबाट नियमित उडान खुला गरिएको हो। एक दिनमा यात्रुको आगमन संख्या ५ सय तोकिएको छ।

‘आरटी–पीसीआर परीक्षण सहज भएका मुलुक-सहरहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मलुकबाट नेपाल सरकारको अनुमति पाएका नेपाली नागरिकहरु र नेपालस्थित विदेशी नियोगका कटुनितिज्ञ तथा कर्मचारीहरु, संयुक्त राष्ट्रसंघ तथा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिहरुलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्ने,’ मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने।

Advertisement

उनका अनुसार, भदौं १६ पछि हुने नियमित उडान तालिका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने छ । तर, आरटीरपीसीआरको व्यवस्था सहज नभएका मुलुकबाट तत्काल नियमित उडान हुने छैनन् । ‘ जस्तै साउदी अरब, कुबेत, कतार र अन्य मुलुकबाट नियमित यात्रु ल्याउन पाइने छैन,’ मन्त्री खतिवडाले भने । तर, त्यस्ता मुलुकबाट नियमति उडान नभई सरकारको अनुमतिमा मात्रै उद्धार (चार्टर) उडान भने हुने छन । त्यसका लागि ती मुलुकमा रहेका नेपाली कुटनितिक नियोगले सिफारिस गरेको नामावलीका आधारमा मात्रै चार्टर उडान गर्न सकिने छ ।

More News last news
Loading...