ओखलढुंगा । ओखलढुंगाको सुनेकोशी गाउँपालिका–६ पारामा चार वर्षीय बालकको हत्या गरेको आरापमा एक महिला पक्राउ परेकी छन्।
माइत आएको समयमा आफ्नै बहिनीको चार वर्षीय छोराको हत्या गरेको आरोमा मानेभञ्ज्याङ गाउँपालिका–४ घर भएकी २८ वर्षीया जुनु दमाई पक्राउ परेकी हुन्।
गत साउन दुई गते माइत आएकी दमाईले बहिनीको रिसका कारण उनको छोराको हत्या गरेको प्रहरीले जनाएको छ।
जुनुलाई आफ्नै बहिनीको ४ वर्षीय छोराको हत्या गरेको अभियोगमा पक्राउ गरिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।
घरैमा मृत अवस्थामा भेटिएका छोराको शव उनैले देखाएपछि शंका गरेर उजुरी दर्ता भएको बताइएको छ।
दिदी–बहिनीबीचको लामो समयदेखिको वादविवाद र पटक–पटक छोरो मारिदिने धम्की दिने गरेको स्थानीय बासिन्दाले बताएका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका–१ सोखु घर भइ माइती बस्दै आएकी बहिनी सम्झना दर्जीका ४ वर्षीय छोरा भदौ २ गते मृत फेला परेका थिए।
२ गते दिउँसोदेखि हराएका बालक मामाघरकै पसलकोठामा साँझ मृत फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
