पीसीआर रिपोर्ट नहुँदा डायलासिस गर्न नपाएका बिरामीको मृत्यु

जनकपुर । नियमित डायलासिस गराउँदै आएका बिरामीको उपचार नपाएर मृत्यु भएको छ।

बुद्ध आमा बुवासँगै एम्बुलेन्समा प्रादेशिक अस्पताल जनकपुरमा डायलासिसका लागि पुगेका युवाको उपचार नपाएर मृत्यु भएको हो। मिर्गौला सम्बन्धी समस्याबाट पीडित धनुषाको सबैला नगरपालिका–२ का प्रमोद महतोको डायलासिस अभावमा बुधबार मृत्यु भएको हो।

Advertisement

डायलासिसका लागि अस्पताल पुगेपनि उपचार नपाउँदा मृत्यु भएको परिवारको आरोप छ। मंगलबार सिकिस्त भएका प्रमोद हिँडन् बोल्न सक्ने अवस्थामा समेत थिएनन्।

आङ सिरिङ हुने उनको चिच्याहटले अस्पतालमा आउजाउ गर्ने स्वस्थ्यकर्मीसँगै अन्य सबैको ध्यान खिचेका थिए। अवस्था यतिसम्म नाजुक थियो कि उनलाई बोल्न सक्ने समेत जिउमा तागत थिएन्। आमा–बुवाले काँधमा राखेर जसोतसो उनलाई सम्हालेका थिए। अस्पताल पुग्नसाथ डायलासिस कक्षतर्फ जाँदा सुरक्षा गार्डले रोकेका थिए।

छोराको अवस्थाबारे त्यहाँ भएका चिकित्सकलाई हारगुहार लगाउँदै सुनाए पनि कसैले नसुनेको उनीहरुको गुनासो छ। कोरोनाको जोखिम रहेको भन्दै चिकित्सकले पहिले पीसीआर रिर्पोट लिएर आउन लगाए। तर तत्काल पहुँच नभएका प्रमोदका बुवा आमाको लागि पीसीआर रिपोर्ट तत्काल सम्भव भएन्। पीसीआर रिपोर्ट नआउँदा उपचार नपाएर प्रमोद महतोको मृत्यु भयो ।

 

More News last news
Loading...