नेपालमा पछिल्लो २४ घण्टामा थपिए ७०७ जना नयाँ कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले थप ७०७ जना नयाँ संक्रमित थपिएको जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म पीसीआर विधिबाट ५ लाख ६६ हजार १५ परीक्षणहरु गरिएका छन्। त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार ६२७ पीसीआर परीक्षण भएका छन्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २६४ जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ११ हजार ५५५ जना रहेको छ।

More News last news
Loading...