पोखरा । पोखरामा निषेधाज्ञा तोड्दै गुडेको गाडीले गस्तीमा खटिएका दुई प्रहरीको ज्यान लिएको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी जवान चन्द्रबहादुर बगाले मगर र हवल्दार डम्बरबहादुर थारुको बोलेरोले ठक्कर दिँदा मृत्यु भएको हो। प्रहरी जवान बगालेले चलाएको मोटरसाइकललाई पछाडिबाट आएको बोलेरो जिपले ठक्कर दिएको थियो।
जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि मंगलबार निषेधाज्ञा जारी गरेको थियो। प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै गुडेको बोलेरोले मंगलबार राती १ बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए।
विन्ध्यवासिनबाट जिरो किलोमिटर झर्दै गरेको मोटरसाइकललाई मालेपाटनमा बोलेरोले ठक्कर दिएको थियो। डिएसपी हमालकाअनुसार ग २ च २६२६ नम्बरको बोलेरोले ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
