नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो पटक बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

Advertisement

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए। सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।

सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सँगै बाँकेमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ भने देशभर ज्यान गुमाउनेको संख्या १०८ पुगेको छ।

More News last news
Loading...