नेपालकै पहिलो कोरोना संक्रमित नर्सलाई फेरि संक्रमण

काठमाडौँ । नेपालकै पहिलो कोरोना संक्रमित स्टार्फ नर्समा पुनः संक्रमण देखिएको छ।

जिल्ला अस्पताल, कपिलवस्तु कार्यरत ती नर्सलाई नर्सतर्फ सबैभन्दा पहिला वैशाख ३० गते संक्रमण देखिएको थियो। उनको फेरि पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको हो।

Advertisement

अस्पतालमा उनीसहित अस्पतालमा २१ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ। २१ स्वास्थ्यकर्मीलाई पोजेटिभ देखिएपछि अस्पतालमा इमरजेन्सीबाहेक अन्य सेवा बन्द छन्।

कपिलवस्तुमा केही दिनअघि ३ डाक्टरसहित एकैपटक १८ जनालाई कोरोना पुष्टि भएकोमा एकजना उनै नर्स हुन्। पहिलोपटक संक्रमण हुने बेला उनमा कुनै लक्षण पनि देखिएको थिएन भने अहिले पनि कुनै लक्षण देखा नपरेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

ती नर्सलाई फेरि कोरोना देखिएपछि पहिला संक्रमण भएर निको भएकाहरूमा पनि पुनः संक्रमण हुनसक्ने देखिएको छ।पछिल्लो समय कपिलवस्तुमा समुदाय स्तरमा कोरोना फैलिएपछि गत साउन २७ गतेदेखि भदौ ७ गतेसम्म जिल्ला पुनः लकडाउन गरिएको छ।

More News last news
Loading...