काठमाडौँ । हङकङमा सोमबार ४४ जना नयाँ सङ्क्रमित थपिएका छन्। सङ्क्रमण बढ्न नदिन सरकारले शारीरिक दुरीको नयाँ नियमको घोषणा गरेको छ।
यद्यपि पछिल्लो केही हप्तायता हङकङमा सङ्क्रमणको दरमा कमी आएको छ तर प्रशासनले नागरिकहरुलाई अवस्था अझै गम्भीर रहेको भन्दै सचेत रहन चेतावनी दिएको हो।
हङकङ सरकारले सोमबार लगाएको नयाँ प्रतिबन्ध अनुसार साँझ ६ बजेपछि रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध लगाइएको छ। यसका साथै सबै सार्वजनिक ठाउँमा मास्क लगाउन २५ अगस्टसम्म अनिवार्य गरिएको छ।
सोमबार थपिएका ४४ सङ्क्रमितमध्ये ३१ जनामा समुदायस्तरबाटै सङ्क्रमण सरेको हो। गएको जनवरीपछि हङकङमा चार हजार पाँच सयभन्दा धेरै सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म ६९ जनाको ज्यान गएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
