जुम्ला । जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाले गएराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।
कोरोना सङ्क्रमण बढ्न नदिन र समुदायस्तरमा सङ्क्रमण फैलनबाट रोक्नका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
यस्तै निषेधाज्ञा जारी गरिएको ठाउँमा कुनै पनि भेला नगर्न समेत निर्देशन गरिएको छ। कोरोनाको जोखिम बढेसँगै पार्टी, भेला, धार्मिक मेला पनि रोक लगाइएको छ।
तीज नजिकिएकाले भिडभाड हुन सक्ने भन्दै त्यसलाई मध्यनजर गर्दै रोक लगाइएको हो। स्थानीय प्रशासन र पालिकाहरुले पटक(पटक सूचना जारी गर्दै धार्मिक मेला र भिडभाड नगर्न निर्देशन दिँदै आएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
