पोखराको नमस्ते अस्पतालमा उपचाररत वृद्धामा कोरोना देखियो, इमरजेन्सी बाहेक सबै सेवा बन्द

पोखरा । पोखराको नमस्ते अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना पुष्टि भएपछी अस्पतालका इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको छ।

हस्पिटलमा उपचाररत पोखरा -३२ की ८६ वर्षीया वृद्ध महिलामा आइतबार बिहान कोरोना पुष्टि भएसँगै इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको अस्पतालका प्रवन्धक धर्म राज खड्काले पोखरा न्यूजलाई जानकारी दिए।

Advertisement

खड्काका अनुसार बिहीबार राति ज्वरो र पखला लागेर अस्पताल आएकी महिलालाई इमरजेन्सीमा उपचार गराइ पठाइएकोमा निको नभएपछी पुनः शुक्रबार दिउसो अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वाब संकलन गरी शनिबार परीक्षणका लागी पठाइएको मा आइतबार कोरोना पुष्टि भएपछि आइसोलेसनमा पठाइएको खड्काले बताए।

प्रवन्धक खड्काले महिलाको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाइ होम क्वारेन्टिनमा राखिएको र ड्युटीमा नरहेका अन्य मार्फत इमरजेन्सी सेवा सुचारु गरिएको जानकारी दिए।

More News last news
Loading...