नेपाल प्रहरीका दुई डीआईजीलाई कोरोना सङ्क्रमण

काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए। सङ्क्रमित डीआईजीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

अहिलेसम्म देशभर तीन सय ८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण भएको छ भने दुई सय ४० जना उपचारपछि निको भएका छन्।

More News last news
Loading...