यसरी हटाउनुहोस् सजिलै कुनै पनि फोटोको ब्याकग्राउण्ड

काठमाडौँ । हामी सबैलाई कुनै समय कुनै फोटोको ब्याकग्राउण्ड हटाउनु पर्ने हुन सक्छ। मीम बनाउन, यूटयूबको थम्बनेल बनाउन, ग्राफिक डिजाइन गर्न आदि कारणले फोटोको ब्याकग्राउन्ड हटाउनु पर्ने हुन सक्छ।

फोटोको ब्याकग्राउण्ड हटाउन धेरैजसो हामीले फोटोसप प्रयोग गर्ने गरेका छौं । यो एकदमै समय लाग्ने र दिक्क लाग्दो हुन सक्छ । त्यसैले हामीले एउटा वेबसाइटको प्रयोग गरेर पनि यो कार्य गर्न सक्छौँ।

Advertisement

जसले गर्दा हाम्रो समय बचत गर्नुका साथै फोटोको ब्याकग्राउण्ड पनि राम्रोसँग हटाइदिन्छ । फोटोको ब्याकग्राउण्ड हटाउन सकिने वेबसाइटको नाम रिमुभ डट बीजी हो यो वेबसाइटलाई निःशुल्क प्रयोग गर्न सकिन्छ । यस वेबसाइटमा प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस् ।

रिमुभ डट बीजीले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर ब्याकग्राउन्ड चिन्ने गर्दछ र त्यसलाई स्वतः हटाइदिन्छ । यसको लागी आफूलाई मनपर्ने फोटो छानेर त्यँहा अपलोड गरिदिने र पाँच सेकेन्डको भित्र त्यो साइटले एउटा नँया ईमेज दिन्छ जसमा ब्याकग्राउन्ड हटाइएको हुन्छ ।

यो फाइल पीएनजी फरम्याटमा हुन्छ जसले गर्दा फोटोको ब्याकग्राउण्ड हटाउन फोटोसप वा अन्य कुनै फोटो एडिटिङ सफ्टव्येरमा आवश्यक पर्दैन । फोटो पनि यसमा सफा नै देखिन्छ । यसरी हामी सजिलै फोटोबाट ब्याकग्राउन्ड हटाउन सक्छौँ ।

More News last news
Loading...