राजविराज । सप्तरीमा एकै दिन २२ प्रहरीसहित थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार २ नम्वर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराजका १ महिला प्रहरीसहित २२ जना प्रहरीमा संक्रमण देखिएको छ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराज तथा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट आएको रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।
प्रमुख यादवाका अनुसार २० देखि ३८ वर्षीय पुरुष तथा २४ वर्षीया एक महिला प्रहरीमा संक्रमण देखिएको छ ।
यसैगरी, डाकनेश्वरी नगरपालिका वडा नम्वर ९ का ५० वर्षीय पुरुष, राजविराज नगरपालिका ६ का ७० वर्षिया महिला, कञ्चनरुप नगरपालिका २ का २० वर्षीया महिला, वडा नं. ३ का २३ वर्षीय पुरुष र वडा नं। ११ का ३५ ववर्षीय पुरुषमा संक्रमण देखिएको जनाएको छ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ६ सय ५८ पुगेको छ भने मृतकको संख्या ३ रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
